कांग्रेस युवा नेताले सहकारीको बचत फिर्तासहितका एजेन्डा लिएर मेची-महाकाली संकल्प यात्रा गर्ने

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस युवा नेताले सहकारीको बचत फिर्तासहितका एजेन्डा लिएर मेची-महाकाली संकल्प यात्रा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले सहकारीको बचत फिर्तासहित १० बुँदे एजेन्डा लिएर मेची-महाकाली युवा संकल्प यात्रा गर्ने भएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका युवा नेताहरुले रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायतका एजेन्डासहित संकल्प यात्रा गर्ने जानकारी दिएका हुन् ।

उनीहरुले उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाहीलगायतका १० बुँदे एजेन्डासहित युवा संकल्प यात्रा गर्न लागिएको बताए । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

संकल्प यात्रामा पूर्वसांसद्, तरुण दल, नेविसंघका पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य सहभागी हुने छन् । ४० जना युवाले युवा संकल्प यात्रा गरेर प्राप्त गरेका सुझाव पार्टी नेतृत्व र सरकारलाई बुझाउने छन् । संकल्प यात्राले सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न दबाब पुग्ने दाबी युवा नेताहरुको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.