शक्ति सन्तुलनलाई ध्यानमा राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव

कार्तिक १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
शक्ति सन्तुलनलाई ध्यानमा राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलोचनाबाट नडराउन र शक्ति सन्तुलन मिलाएर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।

नेपाल संवतको नयाँ वर्षका अवसरमा भक्तपुरमा आज गरिएको कार्यक्रममा कांग्रेसका सभापति देउवाले सरकारले सय दिनको अवधिमा राम्रो काम गरेको बताउनुभएको हो ।

उहाँले आलोचनाबाट नडराउन र दुई ठूला देशको बीचमा भएकोले शक्ति सन्तुलनलाई ध्यानमा राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो ।

सभापति देउवाले पूर्वनिर्धारित सहमतिअनुसार नै सरकारले पूर्ण कार्यकाल काम गर्ने दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.