काठमाडौं । प्रिमियर लिगको वेस्ट लन्डन डर्बीमा वैकल्पिक खेलाडी ह्यारी विल्सनले स्टपेज टाइममा दुई गोल गरेपछि फुलहमले ब्रेन्टफोर्डविरुद्ध पुनरागमन जित हात पारेको छ ।
एक गोलले पछि परेको फुलहमले सानदार पुनरागमन गर्दै २-१ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हो । प्रिमियर लिगको आफ्नो अघिल्लो खेलमा एभर्टनविरुद्ध अन्तिम समयमा सभ्मालिन नसक्दा अंक बाढेको मार्को सिल्भाको टोलीले यसपटक भने कमब्याक गर्यो ।
क्रेभेन कुटीजमा भिटाली जेनेल्टले २४ औं मिनेटमा गोल गरेपछि घरेलु टोली वेस्टहमविरुद्ध ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनायो । ब्रेन्टफोर्डले सो अग्रतालाई नियमित समयसम्म कायम राख्यो । स्टपेज टाइममा विल्सन खेलको नयम सवित भए ।
इन्जुरी समयको दोस्रो मिनेटमा विल्सनले बराबरी गोल फर्काए । त्यसको ७ मिनेटपछि विल्सनले दोस्रो गोल गरेपछि वेस्टहमले स्पस्ट ३ अंक जोड्यो ।
यसजितसँगै वेस्टहम प्रिमियर लिगको नवौं स्थानमा उक्लिएको छ । उसले १० खेलमा ४ जित सिहित १५ अंक जोडेको छ । समान खेलमा १३ अंक सहित ब्रेन्टफोर्ड १२ औं स्थानमा छ ।