जसपा महाधिवेशनले पार्टीलाई एकतामा लैजान्छ : हरिवंश झा

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपा महाधिवेशनले पार्टीलाई एकतामा लैजान्छ : हरिवंश झा

काठमाडौं । मधेस नीति आयोगका पूर्वउपाध्यक्ष हरिवंश झाले जनता समाजवादी पार्टी नेपालको महाधिवेशनले पार्टीलाई एकतामा लैजाने बताउनुभएको छ ।

मंगलबार कान्तिपुर समाचारमा कुरा गर्दै झाले पार्टी स्थापनापछिको पहिलो महाधिवेशन भएकाले यसले पार्टीभित्र एकता ल्याउने भन्दै आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको हो ।

जसपाले जनतासम्म पुग्न नसकेको र आफ्नो एजेन्डा स्थापित गर्न नसक्दा पार्टीले बितेका ६ वर्षमा केही गर्न नसकेको उहाँको भनाइ छ ।

पार्टीको वर्चस्व पहिलेदेखि भए पनि महाधिवेशन पछि बन्ने समीकरणले पार्टीको भविष्य निर्देशन गर्ने उहाँले बताउनुभयो । नयाँ पार्टी बनेपछि अझै उर्जावान भएर काम गर्न सकिने झाको बुझाइ छ । 

यो पनि...

खुम्चिँदै उपेन्द्र यादवको राजनीतिक यात्रा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.