काठमाडौं । सदनको गतिरोध अन्त्यका लागि प्रमुख प्रमुख दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी ओली महेश बर्तौला, नेपाली कांग्रेसका नेताहरु पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, गगन थापा, रमेश लेखक, नेकपा माओवादी केन्द्रका हितराज पाण्डेलगायत नेताहरुको सहभागिता छ ।
आज पनि तोकिएको समयभन्दा डेढ घण्टा ढिलो गरेर सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभयो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले विशेष समय, आकस्मिक समय र शून्य समय कार्यसूचीबाट हटाएर बैठक अगाडि खोजेपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुले सभामुख जबरजस्ती अघि बढेको भन्दै बोल्न पाउनुपर्ने जनाएका थिए ।
प्रतिपक्षीको अवरोधका कारण सभामुख घिमिरेले संसद् बैठक आइतबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो । कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएका गृहमन्त्री रवि लामिछानेसम्बन्धी संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ । छानबिन समितिको कार्यक्षेत्र र कार्यादेश तय गर्न गठित कार्यदलमा अझै सहमति जुटेको छैन ।