काठमाडौं । तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरेर सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएपछि संसद् बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले विशेष समय, आकस्मिक समय र शून्य समय कार्यसूचीबाट हटाएर बैठक अगाडि खोजेपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुले सभामुख जबर्जस्ती अघि बढेको भन्दै बोल्न पाउनुपर्ने जनाएका थिए । प्रतिपक्षीको अवरोधका कारण सभामुख घिमिरेले संसद् बैठक आइतबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको घोषणा गर्नु भएको छ । कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएका गृहमन्त्री रवि लामिछाने सम्बन्धी संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ । छानबिन समितिको कार्यक्षेत्र र कार्यादेश तय गर्न गठित कार्यदलमा अझै सहमति जुटेको छैन ।