रञ्जिताको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिन नाउपा संसदीय दलको ह्वीप

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
रञ्जिताको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिन नाउपा संसदीय दलको ह्वीप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भइ विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

याे पनि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिताको ह्विप


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.