सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिताको ह्विप

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिताको ह्विप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन् । आजै उनले प्रदेशसभा सदस्यहरूलाई पत्राचार गर्दै ह्विप जारी गरेको बारे जानकारी दिइकी हुन् ।

संसदीय दलको नेताका रूपमा प्रदेश सभा सदस्य घनश्याम चौधरीले दैनिक सभा संचालनलगायतका कामकाज गरेपनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार आफ्नो भएको अध्यक्ष श्रेष्ठले बताएकी छन् । ‘प्रदेशसभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मिति २०८० चैत २२ गते माननीय कमलबहादुर शाहज्यूले लिन लाग्नु भएको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशनसहितको ह्विप जारी गरिएको बेहोरा अनुरोध गर्दछु,’ उनले भनेकी छन् ।

यस्तै अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउनसमेत प्रदेशसभा प्रमुखलाई पत्राचार गरेकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.