कांग्रेस महासमिति बैठक : नेता-कार्यकर्ताको आशा र चिन्ता ! (रिपोर्ट)

फाल्गुन १०, २०८० |पर्वतराज घिमिरे
कांग्रेस महासमिति बैठक : नेता-कार्यकर्ताको आशा र चिन्ता ! (रिपोर्ट)

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सकेर घर फर्किँदै गर्दा सहभागी सदस्यहरुले आशा र चिन्ता मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले पार्टी नेतृत्व सुध्रिने अपेक्षा गरेका छन् भने कतिले निराशा पनि उत्ति नै देखाएका छन् ।

निर्वाचनअघि गठबन्धन नगर्ने महासमिति बैठकको निर्णयले कांग्रेसका अधिकांश कार्यकर्ता, शुभेच्छुक र मतदातामा आशा जागेको छ ।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । बाँकी ७४ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका मतदाताले मतदान गर्न पाएनन् । त्यस कारण पनि कार्यकर्तामा उत्साह थपिएको हो ।

झन्डै २१ सय महासमिति सदस्यहरुले छलफलपछि निकालेको निष्कर्षअनुसार पार्टी नेतृत्व चल्नेमा भने सदस्यहरु अझै विश्वस्त हुन सकेका छैनन् ।

महासमिति सदस्य उपेन्द्र कार्कीले महासमिति बैठक औपचारिकताका लागि मात्रै बसेको टिप्पणी गरे ।

बैठकपछि जिल्ला फर्किंदा लिएर जाने नयाँ विषय पनि नपाएको कतिपयको भनाइ छ ।

यो पनि...

कांग्रेस महासमितिबाट चारवटै प्रस्ताव पारित, सत्ता गठबन्धनलाई निरन्तरता दिए पनि आगामी चुनाव एक्लै लड्ने


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।