कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गराए । मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री तथा दुई राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारीमन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकासमन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनीताकुमारी गुरुङ रामलाई जिम्मेवारी दिएका छन् ।

यो पनि...

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.