बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)

मंसिर ७, २०८० |श्याम श्रेष्ठ
बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ ।

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ जान थालेपछि प्रहरीले रोक्न खोज्दा प्रसाईंका समर्थकहरुले ढुंगा प्रहार गरेका थिए ।

उनीहरुको भिड तितरबितर बनाउन प्रहरीले २५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । त्यसअघि बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि प्रसाईं समूहका केही व्यक्तिले एक्कासि ढुंगामुढा गर्दै केही सवारी साधनलगायतमा क्षति पुर्‍याएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खु र नेकपा एमालेनिकट युवा संघले तीनकुनेमा कार्यक्रम आयोजना गरेका छन् । दुवै समूहको कार्यक्रमलाई ध्यानमा राख्दै प्रहरीले काठमाडौंमा विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

हेरौं थप तस्बिर :


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement