दुर्गा प्रसाईंका समर्थकले ढुंगा हानेपछि बल्खुमा झडप र तोडफोड

मंसिर ७, २०८० |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईंका समर्थकले ढुंगा हानेपछि बल्खुमा झडप र तोडफोड

काठमाडौं । काठमाडौंको बल्खुमा व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि प्रसाईं समूहका केही व्यक्तिले एक्कासी ढुंगामुढा गर्दै केही सवारी साधनलगायतमा क्षति पु¥याएका छन् ।

मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका एमाले निकट युवा संघ नेपालका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेपछि केही समय झडपको स्थिति बनेको हो ।

युवा संघका कार्यकर्ता चढेको र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा प्रसाईं समर्थकले ढुंगामुढा गर्दा क्षति पुगेको छ ।

झपडको स्थिति बनेपछि युवा संघका कार्यकर्ता भने कुलेश्वर हुँदै तिनकुनेतर्फ लागेका छन् । अहिले प्रहरीले बल्खु क्षेत्रको स्थिति नियन्त्रणमा लिइसकेको छ । प्रहरीले प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज बल्खुमा कार्यक्रम गर्दै छ भने तिनकुने क्षेत्रमा युवा संघले कार्यक्रम गर्दैछ । दुवै समूहको कार्यक्रमलाई ध्यानमा राख्दै काठमाडौंमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement