आफू अपराधी छैन भने भाग्नु पर्दैन : बाबुराम भट्टराई

वैशाख ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
आफू अपराधी छैन भने भाग्नु पर्दैन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू अपराधी छैन भने भाग्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

शनिबार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी हुँदै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुलेको आरोप लागेसँगै एमालेका टोपबहादुर रायमाझी फरार छन् । फरार रायमाझीलाई इङ्गित गर्दै भट्टराईले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो ।’

प्रहरीले खोजी गरिरहेको भए पनि रायमाझी सम्पर्कमा आएका छैनन् । एमालेले उनलाई पार्टी सचिवबाट निलम्बन गरी सकेको छ । यससँगै पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पनि यसै प्रकरणमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन निष्पक्ष गरियोस् र यसमा कुनै ढाकछोप नहोस भन्दै देशैभर विरोध र प्रदर्शनहरू भएका छन् ।

काठमाडौंको माइतिघरसहित नक्शालमा पनि नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध अभियान सुरु गरेका छन् । अभियानमा सहभागी भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण यस प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा भने आशंका उब्जिएको बताए ।

‘सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्,’ उनले भने ।

सम्बन्धित समाचार...

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.