काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकासाग तत्काल बार्ता गर्न प्रधानमन्त्री पुपष्कमल दाहालसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले महानगरपालिकासाग छलफल र सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
सांसद थापाले प्रतिनिधिसभा बैठकमा भने, ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । अहिले म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । कुनै विलम्ब नगरीकन, कुनै आग्रह नगरीकन काठमाडौं महानगरपालिकासँग छलफल गरियोस् । संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो, समझदारी कायम गरियोस् । जायज मागहरु पूरा गरियोस् र हामी काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि यो प्रक्रियामा सम्मिलित गराइयोस् ।’
थापाले अगाडि भने, ‘एउटा निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारको प्रमुखले असहमति प्रकट गर्दैगर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, प्रयोग भएको भाषा, लवज यो ठीक वा बेठीक यसका बारेमा बहस हुन सक्ला, बहस गरौंला, यथोचित समयमा त्यो विषयमा प्रवेश पनि गरौंला ।’