चार राउन्ड हवाई फायरपछि विराटनगरको स्थिति नियन्त्रणमा

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
चार राउन्ड हवाई फायरपछि विराटनगरको स्थिति नियन्त्रणमा

काठमाडौं । प्रदेशको १ को नाम कोशी नामकरण गरिएपछि असन्तुष्ट पक्ष प्रदर्शनमा उत्रिएसँगै तनावग्रस्त बनेको विराटनगरको स्थिति नियन्त्रणमा आएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फाइरसमेत गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईका अनुसार सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएसँगै प्रदर्शनकारी कोण सभाको तयारी गरिरहेका छन् । प्रदर्शनकारीसँगको झडपमा सशस्त्रका प्रहरी सहायक निरीक्षक नरनाथ बास्तोला भने सामान्य घाइते भएका छन् ।

ढुंगामुढा गर्दै निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी मुख्यमन्त्रीको कार्यालयतर्फ अगाडि बढेपछि सशस्त्र प्रहरीले हवाई फायरसँगै अश्रुग्यास पनि प्रहार गरेको भट्टराईको भनाइ छ ।

भट्टराईले कान्तिपुरसँग भने, ‘दिउँसो प्रदर्शनकारी उत्तेजित भएपछि चार राउन्ड हावई फायर र १५ सेल श्रसुग्यास प्रहार गर्नुपर्ने स्थिति आयो । अहिले अवस्था सामान्य छ ।’

कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समिति आन्दोलमा उत्रिएको हो । पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने उनीहरुको माग छ । प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । नामसँग असन्तुष्ट उनीहरु त्यसयता निरन्तर प्रदर्शन गरिरहेका छन् । 

यो पनि...

स्ववियु निर्वाचन : बुढीनन्दा क्याम्पसमा २७ राउन्ड हवाई फायर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.