‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक छौं’ (भिडियोसहित)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक छौं’ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आइतबार संसद्‌मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारे छलफल भएको जनाए ।

‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो । भोलि संसद्‌मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो,’ उनले भने ।

उपसभापति खड्काले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनेबारेमा पनि छलफल भएको जानकारी दिए ।

बालुवाटारमा १० दलको सहमति : विश्वासको मत र विधेयकमा एकैमत


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.