सुकेटार विमानस्थलमा यात्रुका लागि चौतारी निर्माण

वैशाख २, २०८३ |आनन्द गौतम
सुकेटार विमानस्थलमा यात्रुका लागि चौतारी निर्माण

ताप्लुजङ । ताप्लुजङको फुङलिङ नगरपालिकासँगको साझेदारीमा सशस्त्र प्रहरी बलले सुकेटार विमानस्थलमा चौतारी बनाइदिएको छ ।

सुकेटार विमानस्थल तथा पाथीभरा जाने यात्रुको सुविधाका लागि चौतारी बनाइएको हो । चौतारीको स्वामित्व तथा संरक्षणको जिम्मा एपीएफले फुङलिङ नगरपालिका वडा नम्बर ६ को कार्यालयलाई दिएको छ । 

कुल ६ लाख ५० हजार रुपैयाँको लागतमा चौतारी बनाइएको हो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।