लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगाभ्यास

असार ६, २०८३ |मनोज पौडेल
लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगाभ्यास

रूपन्देही । पूर्वीय दर्शनमा मानव स्वास्थ्य संवर्द्धनमा योगको ठूलो महत्व छ । 

अहिले मानिस योगको महत्व बुझदै गएकाले यसप्रति आकर्षण अझै बढदै गएको छ । त्यही भएर हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाइन्छ । यही दिवसको सन्दर्भ पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा विशिष्ट व्यक्तिदेखि सर्वसाधारणसम्म भेला भएर योगाभ्यास गरेका छन् ।

शनिवार बिहानै लुम्बिनीस्थित शान्तिदीपमा योग गर्नेको जमघट थियो । भारतीय राजदूतावास र लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रम योग गुरु लीला चौधरीको निर्देश बमोजिम सुरु भयो । आधा घण्टासम्म भीडमा बसेर प्रदेश प्रमुखदेखि सवैसाधारणसम्मे योगाभ्यास गरे योग चिकित्सा पद्धति र जीवनशैली हो । 

यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक बनेको छ । योगले हाम्रो स्थिर बनाउने काम गर्छ । मानिसका मनमा उत्पन्न हुने राम्रा-नराम्रा भावना र संवेग नियन्त्रण गर्दै सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्ने योगाचार्यहरु बताउँछन् ।

विश्व शान्तिको मुहान लुम्बिनीमा योग गर्नका लागि पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुबाट ३ सयभन्दा धेरै सर्वसाधारण बिहानै पुगेका थिए । ५ वर्षे बालकदेखि ७५ वर्षेका ज्येष्ठ नागरिकसम्म सहभागी भए । आत्मादेखि शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउामा योगको आवश्यकता बन्दै गएकाले अहिले योग समय सान्दिर्भक भएको यसमा लागेकाहरु बताउँछन् । 

योग स्वास्थ्य र कल्याणको मार्गसँग नेपाल-भारतको पर्यटन प्रवर्द्धन गर्ने माध्यम बन्दै गएको उनीहरु बताउँछन् । प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको भए लुम्बिनीमा भने एक दिनअघि नै मनाइएको हो । ३ वर्ष अघिदेखि भारतीय दूतावासले लुम्बिनीमा सुरु गरेको योगाभ्यासलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।