तनहुँको घाँसीकुवा लोप हुने अवस्थामा

वैशाख ८, २०८३ |पोषनाथ अधिकारी
तनहुँको घाँसीकुवा लोप हुने अवस्थामा

धादिङ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थलको रूपमा लिइने तनहुँको घाँसीकुवा लोप हुने अवस्थामा पुगेको छ ।

पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडकखण्ड विस्तारका क्रममा भत्काइएको कुवाको पुन: निर्माणमा चासो नदिँदा ऐतिहासिक महत्वको घाँसी कुवा लोप हुने अवस्थामा पुगेको हो। सडक विस्तारका क्रममा हाल रहेको ठाउँबाट कुवा केही छेउमा सारेर बनाउने भनिए पनि अहिले कुवा निर्माण भएको छैन। 

ऐतिहासिक महत्व बोकेको कुवा हेर्न अहिले पनि मानिसहरू सो ठाँउमा पुग्ने गरे गरेका छन् तर संरक्षण नभएको देख्दा दु:खी हुने गरेका छन्। कुवा भएको ठाउँसम्म सडक विस्तार गरिएको छ भने कुवाका अवशेष यत्रतत्र फालिएको छ। कुवाको मूलबाट निक्लिएको पानी पाइपबाट केही पर झारिएको छ । 

सडक चौडा गर्ने क्रममा कुवाको संरक्षण गर्ने बताइए पनि अहिले यसतर्फ आयोजनाले चासो नदिएको स्थानीयको गुनासो छ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।