
झापा । चैत पहिलो सातादेखि झापाका कुखुरा फर्मामा फैलिएको बर्डफ्लूको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।
गत चैत ९ गते झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित दमक एग्रिकल्चर फार्ममा पालेका कुखुरामा वर्डफ्लू संक्रमण पुष्टि भएको थियो । त्यस फार्ममा पालिएका करिब १४ हजार कुखुराका साथै १ सय ५० अन्डा र दाना नष्ट पारिएको थियो ।
वर्डफ्लू संक्रमण बढेपछि सीमा क्षेत्रमा निगरानी बढाइरहँदा गत साता झापाकै कमल गाउँपालिकाका किसान उज्वल भण्डारीले पालेका कुखुरामा पनि वर्डफ्लू देखा पर्यो । पशु प्राविधिक टोलीले सो फार्मका करिब १५ सय कुखुरा र १५ क्रेट अन्डा नष्ट पारेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।