चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु

चैत्र १५, २०८२ |राजु चौधरी
चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु

चितवन । चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

भरतपुर-३ बाह्रघरे चोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोहि स्थानका अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्री पौडीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो । 

दुई बालकलाई उद्दार गरी भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ : ४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयाे । ती दुई जना विधार्थी परीक्षा दिन बिहान विधालय पुगेका थिए । 

त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ : ५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए । दिउँसो २ बजेको समयमा विपद\ व्यवस्थापनको टोलीले दुई बालकको उद्दार गरी अस्पताल पुर्याएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।