वीरगञ्जमा प्रहरी जवानको हत्या, घटनामा संलग्न चार जना पक्राउ

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
वीरगञ्जमा प्रहरी जवानको हत्या, घटनामा संलग्न चार जना पक्राउ

पर्सा । पर्साको वीरगञ्जमा एक प्रहरी जवानको हत्या भएको छ। 

सप्तरीमा दरबन्दी भई हाल बिदामा वीरगञ्ज महानगरपालिका-९ मा आफ्नो घर आएका प्रहरी जवान विकास चौरसियामाथि अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो।

चौरसियामाथि आइतबार अपराह्न युवकको समूहले अचानक आक्रमण गरी निर्घात कुटपिट गर्दा गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिनुभयो। घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई तत्काल उपचारका लागि अस्पताल लगेको भए पनि चिकित्सकले मृत घोषणा गरे। 

घटनाको कारण भने खुल्न सकेको छैन भने प्रहरीका अनुसार घटनामा संलग्न चार जनालाई घटनास्थलबाटै पक्राउ गरी सूक्ष्म अनुसन्धान सुरू गरिसकिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.