बिस्का जात्राकाे आज अन्तिम दिन, विधिवत रुपमा समापन गरिँदै

भैरवनाथ रथ तानातान र योसिं द्यो ढालियो
वैशाख ५, २०८३ |सुन्दर शिल्पकार
बिस्का जात्राकाे आज अन्तिम दिन, विधिवत रुपमा समापन गरिँदै

भक्तपुर । आठ रात नौ दिनसम्म विभिन्न जात्रा गरी मनाइएको भक्तपुरको एतिहासिक एवं साँस्कृतिक महत्वको बिस्का जात्रा शनिबार विधिवत रुपमा समापन गरिँदै छ ।

शनिबार साँझ गहिती टोलमा रहेको भैरवनाथको तीन तले रथ तानेपछि जात्रा सकिने गर्दछ । गहिती टोलमा रहेको रथलाई स्थानीयले पहिलो दिन जस्तै आ-आफनै टोलमा लैजान तानातान गरिन्छ । आजको दिनलाई द्यो थाहा विज्याइगु अर्थात् देउतामाथि सवार हुने भनिन्छ। 

रथलाई शनिबार विधितव पूजा गरेपछि स्थानीयहरुले दुवै तिर डोरीले तानातान गर्नु नै जात्राको विषेशता हो । शनिबारनै रथ तमारी भन्ने स्थानमा पुराएपछि जात्रा सकिन्छ। यस्तै शनिबार बिहान भक्तपुरको कुमाले टोलमा हात नभएको योसिं द्यो अर्थात् लिङगो ढालिएको छ । 

चैतको अन्तिम दिन दिउँसो प्रजापति समुदायले कुमाले टोलमा जेठा गणेशको मन्दिर परिसरमा उभ्याएको योसिंद्यो शनिबार बिहान स्थानीयले बाजागाजासहित पूजा गरेर डोरीले तानेर ढालेका हुन।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।