
काठमाडौं । पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लबले दशाैं पीएम कप एनभीए लिग भलिबलको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपाललाई ३-० को सोझो सेटमा हराउँदै रुकुम पश्चिम पहिलो पटक एनभीए लिग च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सर्वाधिक ५ पटकको च्याम्पियनलाई पराजित गर्न रुकुम पश्चिमले सानदार प्रदर्शन गर्यो ।
निकै रोमाञ्जक उपाधि भिडन्तमा ३ सेट टाई ब्रेकर सम्म धकेलिएका थिए । टाइ ब्रेकरमा गएको पहिलो सेट रुकुम पश्चिमले २९-२७ ले आफ्नो पक्षमा पर्यो । दोस्रो सेट २५-२१ ले जितेसँगै रुकुम पश्चिमले २ सेटको अग्रता बनाएको थियो । प्रतिस्पर्धातमक सेट थप रोमाञ्चक बन्यो ।
अन्तितः रुकुम पश्चिमले ३२-३० को नजितासहित उपाधि आफ्नो बनायो । जितसँगै रुकुम पश्चिमले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेल्प नेपालले ५ लाख रुपैयाँमा चित्त बुझायो ।