तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चैत्र ९, २०८२ |राजु चौधरी
तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । चितवनमा तेल बोकेको ट्यान्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

साेमबार दिउँसो रत्ननगर नगरपालिका-९ निपनी चोकस्थित खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको तेलको ट्याङ्कर (डिजेल लोड)ले भित्रि बाटोबाट निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका-७ बस्ने अन्दाजी ३५ वर्षकी मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 

स्कुटर चालक वर्ष ५३ का पूर्ण सापकोटा सामान्य घाइते भएका छन् । प्रहरीले ट्याङ्कर चालक चितवनको राप्ती नगरपालिका-७ बस्ने वर्ष २४ का सुजन तामाङलाई प्रहरीको नियन्त्रणमा लिएको छ। तेल ट्याङ्करले सडक छेउमा रोकि राखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा समेत क्षति पुगेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।