सिरहाबाट १४ लाख रूपैयाँसहित एक जना पक्राउ

फाल्गुन ८, २०८२ |विनय आजाद
सिरहाबाट १४ लाख रूपैयाँसहित एक जना पक्राउ

सिरहा । सिरहामा १४ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । 

औरही गाउँपालिका-५ औरही चोकबाट श्रोत नखुलेको १४ लाख अवैध रकमसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३ शिवनगरका दिलीप यादवका छोरा २१ वर्षीय संजित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय, सिरहा स्रोतले बतायो । 

शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेका उनलाई प्रहरीले शंका लागि चेकजाँच गरेको थियो । चेक-जाँचका क्रममा उनको साथबाट एक हजारको १४ सय थान नोट बरामद भएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।