कारगारमा गाँजा कसरी भित्रियो : छानबिन समितिले पता लगाउन सकेन !

चैत्र ९, २०८२ |आरएन विश्वास
कारगारमा गाँजा कसरी भित्रियो : छानबिन समितिले पता लगाउन सकेन !

सप्तरी । कडा सुरक्षा घेराभित्र रहनुपर्ने राजविराज कारागारमै गाँजा, चिलिम र मोबाइल भेटिनु गम्भीर प्रश्न बनेको छ। 

तर, विडम्बना यसबारे गठन गरिएको छानबिन समितिले कसरी प्रतिबन्धित गाँजा कारागार भित्रियो र वास्तविक दोषी को हुन् भन्ने पत्ता समेत लगाउन सकेन। माघ २० गते बिहान गरिएको नियमित चेकजाँचका क्रममा कैदीबन्दीबाट करिब १० ग्राम गाँजा, चिलिम र मोबाइल बरामद भएको थियो। 

त्यसपछि जिल्ला प्रशासन कार्यालयले बहुपक्षीय समिति बनाएर अनुसन्धान थालेको थियो। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कारागारभित्र सुरक्षा कमजोरी रहेको बताउनुहुँदै समितिको प्रतिवेदनले कमजोर चेकजाँच, अपर्याप्त प्रविधि र न्यून सुरक्षाकर्मी कारण भएको बताउनुभएको छ।

यसैबीच ‘सेटिङ’को आशंका गर्दै केही कर्मचारी र प्रहरीलाई सर"वाका लागि सिफारिस गरिएको छ। तर, दोषी को हो भन्ने अझै खुल्न सकेको छैन। घटनामा जोडिएका तीन कैदीबन्दीमध्ये दुई जनालाई अन्य कारागार पठाइएको छ, जबकि एक जना अझै यहीँ छन्। 

उता प्रहरीले मोबाइलको कल विवरण खोतल्दै अनुसन्धान जारी राखेको दाबी गरेको छ। यो घटना र त्यसपछिको छानबिनले कारागारको सुरक्षा प्रणाली मात्रै नभइ सम्भावित मिलेमतोको शंकालाई थप पुष्टि गरिदिएको छ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।