
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-२ की १४ वर्षीया फुर्लामु शेर्पालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
करिब १८ घन्टाभन्दा बढी प्रसव पीडामा रहेकी शेर्पाको गर्भमै शिशुको मृत्यु भएको थियो। जटिल अवस्थाका कारण उनको ज्यान जोखिममा परेपछि तत्काल उद्धारको पहल गरिएको हो। अत्यधिक प्रसव पीडा, रक्तस्राव र अन्य जटिल लक्षण देखिएपछि उनलाई जिल्ला बाहिर विशेषज्ञ उपचारका लागि लैजानु आवश्यक भएको चिकित्सकले जनाएका छन् ।
दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि व्यवस्था गरिएको हवाई उद्धार कार्यक्रमअन्तर्गत उनकाे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।