
सिरहा । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएकाे छ ।
अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेकाे हाे । सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।
अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताउनुभयाे ।