
सुनसरी । जिल्ला सदरमुकाम इनरूवामा सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचना भत्काउन सुरू गरिएको छ ।
इनरूवा नगरपालिकाले शुक्रबारदेखि सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनामाथि डोजर चलाएको हो । पटक पटक सूचना जारी गर्दा पनि अतिक्रमित संरचना हटाउन स्थानीयले अटेर गरेपछि बल प्रयोग गरेर हटाउन सुरू गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।
विशेष गरी पूर्वपश्चिम राजमार्गमा सडक अतिक्रमण बढेको छ । श्रमदानमार्फत पुल निर्माण गर्ने भन्दै दार्चुला पुगेका सांसदसमेत रहका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले ब्यास गाउँपालिका-२ दुम्लिङमा झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ ।