
डोल्पा । डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
मंगलबार दिउँसो ठुलीभेरीको माझफलदेखि जुफालतर्फ आउँदै गरेको रा-२ त ३६५९ नम्बरको खाली ट्र्याक्टर ठुलीभेरी नगरपालिका-८ घट्टेखोला नजिक चिप्लिएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
बाटोमा बरफ जमेको कारण ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको र दुर्घटनामा ट्र्याक्टर चालक जिल्ला पाल्पा घर भएका गोपाल मगर घाइते भएको प्रहरी चौकी जुफालले जानकारी दिएको छ। प्रहरीका चौकीका अनुसार घाइते चालकको दायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेका उनलाई उपचारको लागि दुनैस्थित जिल्ला अस्पतालमा लगिएको छ।
घाइते चालक मगर ठुलीभेरी नगरपालिका-६ काँडाताली निवासी सिद्दि बुढाको ट्र्याक्टर चलाउँदै आएका थिए ।