
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-९ रूदलपुरमा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित गाँजाको बोट फडानी गरेको छ ।
प्रहरीले शनिबार बिहान रूदलपुरस्थित खेत तथा बारीमा लगाइएका गाँजाको बोट फडानी गरेको हो । यस गाउँमा विभिन्न व्यक्तिको झन्डै ९ कठ्ठा जग्गामा रहेको साढे ११ सय हाराहारी बोट फडानी गरी जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले जानकारी दिनुभयाे ।
डीएसपी पुरीकाअनुसार, व्यावसायिक ढंगले यहाँ गाँजा खेती गरिएको सूचना प्रहरी कहाँ आएको थियो । त्यसपछि आज इलाकासहित जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोका गरी ३८ जनाको प्रहरी टोली त्यहाँ पुगेर गाँजा फडानी गरेको उहाँले बताउनुभयाे ।
गाँजा खेती अवैध भए पनि यस क्षेत्रमा कतिपयले कानुनी अज्ञानताका कारण र कतिपयले जानीपुझी पनि गाँजा खेती गर्ने गरेको भन्दै फडानी अभियान निरन्तर रहने पुरीले जनाउनुभयाे ।