भारतको सीए परीक्षामा ७ नेपाली 'अल इन्डिया टप'

फाल्गुन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतको सीए परीक्षामा ७ नेपाली 'अल इन्डिया टप'

काठमाडौँ । भारतीय चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आईसीएआई) ले सञ्चालन गरेको याे वर्षकाे चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षामा नेपालका ७ जना विद्यार्थीले ‘अल इन्डिया टप’ गरेका छन्।

सीए फाउन्डेसन तहअन्तर्गत सुमन कार्कीले ९०.२५ प्रतिशत अंकसहित AIR 3 हासिल गरेका छन्। यस्तै एलिना भण्डारीले ८९ प्रतिशत अंकसहित AIR 7 प्राप्त गरेकी छन्।

साथै सीए इन्टरमिडियट परीक्षामा पनि नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यसअन्तर्गत अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित AIR 11 प्राप्त गरेका छन्। संगित बुढाथोकीले ७४.८३ प्रतिशतसहित AIR 23, अञ्जल श्रेष्ठले ७३ प्रतिशतसहित AIR 31, आयुषा श्रेष्ठले ७२ प्रतिशतसहित AIR 37 र मिलन सिग्देलले ७१.१७ प्रतिशतसहित AIR 42 हासिल गरेका छन्।

सबै टपर विद्यार्थी एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.