
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेन-जी आन्दोलनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकी छुटेका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख गरेको छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेन-जी घाइते परिचयपत्रसहित उपस्थित हुन आग्रह गरिएको छ ।