खुला सीमाको फाइदा उठाउँदै बर्दियामा ब्राउन सुगर कारोबार, नियन्त्रण चुनौतीपूर्ण

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
खुला सीमाको फाइदा उठाउँदै बर्दियामा ब्राउन सुगर कारोबार, नियन्त्रण चुनौतीपूर्ण

बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगर, चरेस, गाँजालगायत पदार्थ नियन्त्रणको चुनौती न्यूनीकरण हुन सकेको छैन । 

ब्राउन सुगर सीमावर्ती बजारबाट आउने गरेकोले सुरक्षाकर्मीलाई थप चुनौती थपिँदै गएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खुल्ला सीमानाको फाइदा उठाउँदै सेवनकर्तादेखि कारोबारी लुकिछिपी सीमानाकाबाट आउजाउ गर्ने गरेका छन् । 

सीमामा सुरक्षा योजनाअनुसार कडाइ गरे पनि लागूऔषध आउने क्रम रोकिएको छैन । यस आर्थिक वर्षमा १ सय ४५ जना लागूऔषधका कारोबारीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रशासनको सक्रियताले प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेको भए पनि दुर्व्यसन नियन्त्रणमा सामाजिक सचेतनाको खाचो टड्कारो देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.