टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र ४, २०८२ |भोटराज राई
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर । मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका-६ नेपालटारमा बुधबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको बराहापोखरी गापा-५ का ३० वर्षीय भुपाल राईको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते राईलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । टिपर भने प्रहरी नियन्त्रणमा रहेको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।