
काठमाडौं । प्रहरीले जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति विष्णु ढुंगेललाई पक्राउ गरेको छ ।
अधिवक्ता समेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाले कान्तिपुरसँगको कुराकानीमा बताउनुभयो ।
सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्न हुँदैन भन्दै ढुंगेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । २०७९ को स्ववियु निर्वाचनमा ढुङ्गेल अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका थिए ।