आज मौसम सफा रहने, पश्चिमी वायुको आंशिक प्रभाव

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज मौसम सफा रहने, पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.