
चितवन । कतारलाई उपहार दिन लागिएको दुईवटा हात्तीलाई साेमबार चितवनबाट बिदाइ गरिने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्तीसारबाट औपचारिक कार्यक्रम गरी चितवनबाट दुई हात्ती खगेन्द्रप्रसाद र रूद्रकलीलाई बिदाइ गर्न लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
साेमबार चितवनबाट बिदाइ गरेर हात्तीलाई भैरहवा पुर्याइने छ । दुई रात भैरहवामा राखेपछि बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चार्टर विमानबाट हात्तीलाई कतार पठाइने छ ।