
संखुवासभा । संखुवासभा प्रहरीले मादी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरी शव गाडेको घटना सार्वजनिक गरेको छ।
मादी नगरपालिका-३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले श्रीमतीको हत्या गरेको खुलेको हो । मंसिर ९ गते राति ओखरबोटे बजारबाट घर फर्कने क्रममा शेर्पा र उनकी ३७ वर्षीया श्रीमती मीनाबीच विवाद हुँदा बाटोमै कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ।
श्रीमतीको हत्या गरी आफ्नै अलैँची बारीमा शव गाडेको बयान प्रहरीसमक्ष दिएपछि खोजी गर्दा प्रहरीले त्रिपालमा बेरेर गाडको शव फेला पारेको हो । घटनापछि शेर्पाले मंसिर २७ गते प्रहरीचौकी मादी, मङ्गलबारेमा श्रीमती हराएको भनेर निवेदन दिएका थिए। खोजतलास तथा सोधपुछका क्रममा प्रहरीले दोर्चीमाथि शंका बढेपछि उनले हत्या गरेको स्वीकार गरेको डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयाे।
पक्राउ परेका दोर्चीलाईआइतबार संखुवासभा जिल्ला अदालत, चैनपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ।