
चितवन । चेपाङ बालबालिका आवासीय अध्ययन गरिरहेको चितवनको कालिका नगरपालिका-१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लबले न्यानो कपडा सहयोग गरेका छन् ।
नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढले संयुक्त रूपमा छात्रावासमा पुगेर आवश्यक न्यानो लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरू, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरू सहयोग गरिएको नारायणगढ लायन्स क्लबका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो ।
६ वर्षअघि स्थापना भएको छात्रावासमा हाल ७० जना चेपाङ विद्यार्थीहरू आवासीय सुविधा लिइरहेका छन् । ती विद्यार्थीहरुू नजिकै रहेका मझबाङ र निबुवाटर विद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।