अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने घोषणा

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने घोषणा

एजेन्सी।  अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेको छ । डनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि ताइवानसँग गर्न लागेको यो दोस्रो हतियार बिक्रीको सम्झौता हो ।

अमेरिकाले अत्याधुनिक रकेट लन्चर, मिसाइल लन्चरलगायतका हतियार बिक्री गर्ने घोषणा गरेको हो । तर, हतियार बिक्रीको यो प्याकेजको अमेरिकी कंग्रेसले अनुमोदन गर्न भने बाँकी छ ।

तर, चीनले भने अमेरिकी घोषणाको विरोध गरेको छ । यो घोषणाले चीनको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई गम्भीर रुपमा कमजोर पार्ने चीनको दाबी छ । उता ताइवानले अमेरिकालाई धन्यवाद दिँदै यो सम्झौताले आफ्नो मुलुकको बलियो प्रतिरोध क्षमता निर्माण गर्न मद्दत पुग्ने जनाएको छ ।

अमेरिकाको औपचारिक कूटनीतिक सम्बन्ध बेइजिङसँग भएपनि ताइवानको सबैभन्दा बलियो सहयोगीका रुपमा रहँदै आएको छ । चीनले भने ताइवानलाई आफ्नो प्रान्तका रुपमा हेर्ने गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.