लुम्बिनीस्थित अखण्ड शान्ति दीपमा एकसय विद्यार्थीलाई साइकल वितरण

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीस्थित अखण्ड शान्ति दीपमा एकसय विद्यार्थीलाई साइकल वितरण

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति दीपमा एकसय जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।

भियतनामको समुन्द्री उपभोग्य वस्तु उत्पादन र निर्यात गर्ने कम्पनी विन्ह होआङ भान्दुक कम्पनी र सोन थोङ विहार भियतनामद्वारा गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको हो । 

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका-१० आधारभूत विद्यालयका ७० छात्रा र ३० छात्रलाई साइकल वितरण गरिएको हो । विद्यालयसम्म सहज पहुँच बढाइ पठनपाठनमा सहयोग पुर्‍याउन ७ देखि ११ कक्षाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.