
मोरङ । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सुन्दरहरैचामा नगरपालिका-१२ संगमटोलका ६० वर्षीय भवकृष्ण घिमिरेको शनिबार बिहान हात्तीको आक्रमणमा ज्यान गएको हो ।
घिमिरेलाई शनिबार बिहान ५ बजेतिर घरबाट दूध बेच्न जाँदै गर्दा हात्तीले आक्रमण गरेको थियो । घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयकाअनुसार घिमिरेलाई आक्रमण गरेपछि हात्तीको बथान नजिकै उत्तरतर्फ रहेको चारकोसे जङ्गलतर्फ छिरेको छ ।