
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र दिव्या निर्माण सेवा प्रालिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/२०७९ मा वडा नं ५ स्थित खदाङ्गदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो।
मुद्दा दायरसँगै आरोपीहरूविरूद्ध अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पौडेलले बताउनु भयाे । अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र अपरेटर हरिचन्द्र विष्टलगायतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।