
गोरखा । गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई मंगलबार नै काठमाडौं पठाइएको छ ।
हिंसाजन्य अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं पठाएको छ । निकोलस भुसालले भने आफू गोरखामा सर्वोच्च अदालत स्थापनाका लागि महायज्ञ तयारी गर्न आएको जानकारी दिनुभयो ।
सम्बन्धित समाचार