
गारेखा । डा. निकोलस भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ ।
गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट डा. भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरबाट गोरखा आएको टोलीले भुसाललाई पक्राउ गरेको हो। डा. भुसाललाई जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको र आजै काठमाडौं पठाउने तयारी भैरहेको छ ।