अख्तियारको इटहरी कार्यालयमा गत वर्ष १,७८३ उजुरी दर्ता

अख्तियारको अभियोजन र निर्णयमा नागरिकको गुनासो
भाद्र १८, २०८२ |विनोद घिमिरे
अख्तियारको इटहरी कार्यालयमा गत वर्ष १,७८३ उजुरी दर्ता

धनकुटा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा गत आर्थिक वर्षमा एक हजार ७ सय ८३ उजुरी परेका छन् ।

सबैभन्दा बढी उजुरी संघीय मामिला, शिक्षा, भूमिसुधार, वन तथा भौतिक निर्माण क्षेत्रका छन् । अख्तियारको इटहरी कार्यक्षेत्र तोकिएका कोशी प्रदेशका १३ जिल्लामध्ये गत वर्ष सबैभन्दा बढी सप्तरीका पाँचसय १७ उजुरी परेका छन् । 

बुधबार धनकुटामा गरिएको अन्तक्रियामा सप्तरीपछि मोरङ, सुनसरी र झापाका उजुरी दर्ता भएको जानकारी दिइयो । नयाँ दर्ता र जिम्मेवारी सरेर आएका पुराना २ हजार ३ सय ३६ मध्ये १ हजार ९ सय ३८ उजुरी फर्छ्यौट भएका छन् ।

यसैबीच कार्यक्रमका सहभागीले अख्तियारले गर्ने अनुसन्धान, अभियोजन र निर्णयमै आशंका व्यक्त गरेका छन्। लामो प्रक्रिया र ढिलासुस्तीका कारण अख्तियारको काम कारबाही र निर्णय प्रकृयाप्रति सहभागीले गुनासो गरेका थिए ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।