राष्ट्रिय लिगमा श्री भगवति क्लबकाे तेस्रो जित

चैत्र ३, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिगमा श्री भगवति क्लबकाे तेस्रो जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा श्री भगवति क्लबले आफ्नो तेस्रो जित हात पारको छ । 

मनाङ मर्स्याङदी क्लब लाई १-० ले हराउँदै भगवतिले तेस्रो जित हात पारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा श्री भगवतिले कठिन जित हात पार्यो । पहिलो हाफमा दुवै टोलीले सम्झनलायक अवसर सिर्जना गर्न सकेनन् । ३७ औं मिनेटमा नव राज गुरूङको प्रहार पोष्ट नजिकैबाट बाहिँरिदा मनाङले अग्रता बनाउने अवसर गुमायो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको सनोज श्रेष्ठको टोलीले दोस्रो हाफमा डेडलक टोड्यो । ६३औं मिनेटमा सेमान्त थापाले हेडर गोल गर्दै भगवति लाई अग्रता दिलाए । ७२औं मिनेटमा सुरेश कुमालको पासमा एन्ड्रयु ईबो यामोह चुक्न पुग्दा मनाङले बराबरी गर्ने अवसर गुमायो । 

त्यसलग्त्तै, अमित लामा फार पोष्ट नजिकै चुक्न पुग्दा भगवतिले अग्रता फराकिलो बनाउने अवसर गुमायो । दोस्रो हाफमा सेमान्त थापाको गोल निणार्यक बन्दा श्री भगवतीले जित सुनिश्चित गर्यो । जितसँगै भगवतिले १२ खेलमा १२ अकं जोडेको छ । यता, मनाङको भने सोही खेलमा १३ अकं छ । 

अब, भगवतिले शुक्रबार प्लानिङ ब्वाेईज युनाइटेडको सामना गर्नेछ । त्यस्तै, मनाङले भने आगामी सोमबार चर्च ब्वाेईज युनाईटेड साग प्रतिश्पर्धा गर्नेछ ।