मतदानका दिन दुर्घटनामा एकको मृत्यु, दुई घाइते

फाल्गुन २१, २०८२ |भोटराज राई
मतदानका दिन दुर्घटनामा एकको मृत्यु, दुई घाइते

उदयपुर । मदनभण्डारी लोकमार्गअन्तर्गत गाईघाट-बेल्टार सडकखण्डको चौदण्डीगढी नगरपालिका-१० भिमामा बिहीबार मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल रोडको उत्तरतर्फको सखुवाको रूपमा ठोक्किएको र मोटरसाइकल चालक चौदण्डीगढी नपा-५ सिवाईका १८ वर्षीय समिर चौधरीको गम्भीर घाइते भएकोमा अस्पताल पुर्याउनासाथ सिकित्सकले मृत घोषणा गरेको थियो ।

मोटरसाइकलको पछाडि सवार अन्य दुईजना सोही ठेगानाका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका हुन् । उनीहरू दुवैको थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का उठाइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।